ज्येष्ठ नागरिक मिलन केन्द्रमा सेवा लिनेको आकर्षण बढदै, संचालनका लागि आर्थिक संकट निम्तिदै

  • बुटवल  पुस
    रुपन्देहीको तिलोत्तमा ४ मा संचालित ज्येष्ठ नागरिक मिलन केन्द्रको चौथो वार्षिक साधारण सभामा मानविय सेवा संचालन गदै आएको संस्थाका लागि ज्येष्ठ नागरिकलाई ओसार पसार गर्नका लागि सवारी साधनको अभाव रहेको आयोजकहरुले गुनासो गरेका थिए । विसं २०८० साल कार्तिक १३ गते देखि संस्थाले संचालन गरेको ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम निकै प्रभावकारी रहेको बताईएको छ ।
    मिलन केन्द्र दैनिक संचालनका लागि आर्थिक अभाव, कार्यालय सम्म पुग्नका लागि सडकको राम्रो व्यवस्था नहुनु , गाडी पार्किगंको अभाव रहेको आयोजकले सो अवसरमा बताएका थिए ।

    ३० जना वाट सुरु गरिएको दिवा सेवा हाल ८० जना पुगेको बताउदै अध्यक्ष यदुनाथ पाण्डेले ज्येष्ठ नागरिकको आकर्षण बढदै गएको र उनिहरुलाई ल्याउने लैजाने सुबिधा उपलब्ध गराउन मारुती भ्यानवाट सेवा प्रदान गरिरहेता पनि सो सवारी साधन सानो भएकाले ठुलो बसको आवश्यकता रहेको बताउनु भयो । ज्येष्ठ नागरिकहरुलाई हरेक दिन विहान ११ वजे ल्याउने र ४ वजेसम्म विभिन्न सातवटा सत्रमा विभाजन गरि सेवा प्रदान गदै आएको पनि उहाँले बताउनु भयो । संस्थालाई राम्रोसंग संचालन गर्नका लागि ५ करोडको अक्षय कोष जरुरी रहेको मा हाल संस्थामा केवल १७ लाख रुपैया मात्र रहेको छ ।

    कार्यक्रममा प्रमुख अतिथी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राज्यले गर्नु पर्ने काम ज्येष्ठ नागरिक मिलन केन्द्रले गरेकोमा सराहना व्यक्त गदै यसरी मानविय सेवामा लागेका संस्थाहरुलाई हरेक क्षेत्रवाट सहयोग गर्न सुझाव दिनु भयो । कार्यक्रममा गुल्मेली सम्र्पक समाजका अध्यक्ष डा. नारायण पन्थ, श्रृगेश्वर धामका अध्यक्ष ऋषिराम भण्डारी, तिलोत्तमा ४ का वडा अध्यक्ष हरि बहादुर क्षेत्री, संस्थाका सल्लाहकार टीकाराम घिमिरे, आजिवन सदस्य हरि प्रसाद पौडेल, ज्येष्ठ नागरिक भोजराज खनाल , नर्मदा अर्याल, आर्टभ लिभिङकी भारती जोशी ,ओशो प्रशिक्षक महानामी, छोरी शिक्षाकी हिरा भुसाल लगायतले ज्येष्ठ नागरिक मिलन केन्द्रले संचालन गरेका कार्यक्रम नेपालमै नमूना योग्य भएकाले यस संस्थाको कार्यक्रमलाई सहयोग गर्न सुझाव दिएका थिए । संस्थाकी उपाध्यक्ष ओमी पुनको स्वागत महासचिव दया भण्डारीको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष मधुशुदन पाण्डेले प्रस्तुत गर्नु भएको आय व्ययको वार्षिक प्रतिवेदन पारित भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation