नेपाली कांग्रेसको १०० दिने विशेष अभियान शुद्धोधनमा सम्पन्न

  • रुपन्देही १८ पुस । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेस १०० दिने विशेष राष्ट्रिय अभियान तथा कार्यकर्ता भेटघाट कार्यक्रम बिहीबार शुद्धोधन ४ रिद्धीसिद्धी पार्टी प्यालेसको सभा हलमा एक समारोहबीच सम्पन्न भएको छ। नेपाली कांग्रेस शुद्धोधनका पार्टी सभापति दामोदर पौडेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै खाँडले यस अभियानले पार्टीलाई थप मजबुत बनाउने विश्वास ब्यक्त बताउदै नेपाली कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउदै देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्दै जनताको हितको लागि कांग्रेसले ठुलो बलिदान सहित योग्दान गरेको नेपाली जनताले भुल्न नसक्ने शुद्धोधनको सम्रग विकासका लागि नेपाली कांग्रेसका जनप्रतिनिधि अहोरात्र खटिएको बताउँदै जिल्ला र प्रदेशमा जनतालाई हाम्रो सरकार छ। भन्ने अनुभुती हुने खालको काम गर्नुपर्नेमा जोड दिनुभयो।


    उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य देवीप्रसाद चौधरीले यो अभियानले पार्टी सुदृढीकरण, संगठन विस्तार, र जनताको सेवामा हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउने बताउँदै एकताबद्ध प्रयासले मात्र बलियो र सशक्त पार्टी संगठन निर्माण सम्भव रहेको धारणा व्यक्त गर्नुभयो ।नेपाली कांग्रेस महासमिति सदस्य तथा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल,नेपाली कांग्रेस पुर्व महासमिति सदस्य सोमनाथ शर्मा,नेपाली कांग्रेस क्षेत्र नः३ ख सभापति घनश्याम चालिसे,नेपाली शुद्धोधन ५ का सभापति तथा वडा अध्यक्ष चन्द्रभान चौधरी,शुद्धोधन गाउँपालिका प्रव्क्ता ४ का वडा अध्यक्ष केशवप्रसाद अधिकारी,नेपाली कांग्रेस महा अधिवेशन प्रतिनिधि सिवराम न्यौपाने,नेपाली कांग्रेस शुद्धोधन १ का सभापति दिलीप यादव,नेपाली कांग्रेस शुद्धोधन ३ का सभापति रामप्रसाद पाण्डे,नेपाली कांग्रेस शुद्धोधन ४ का सभापति रोमाकान्त अधिकारी लगायतले कार्यक्रममा आ(आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो।सो कार्यक्रममा नेपाली कांग्रेस शुद्धोधनका उपसभापति ठागे प्रसाद चौधरीको स्वागतमा र नेपाली कांग्रेस शुद्धोधनका सचिव इन्द्र क्षेत्रीको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation