
पोखरा १८ पुुुस । २० औं संस्करणको लेखनाथ महोत्सव गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज उद्घाटन गरेका छन । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा सहआयोजक उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश छन भने प्रवद्र्धक पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड छन् ।
१८ पुसदेखि १ माघसम्म सञ्चालन हुने २० औं संस्करणको महोत्सवमा झण्डै साढे ३ सय स्टल राखिएका छन् । महोत्सवको साढे २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । यस्तै, करिब ९ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा । महोत्सवमा करिब ९० लाख आम्दानी हुनेमा खर्च कटाइ १० लाख बचाउने महोत्सवका मूल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
महोत्सवका प्रचारप्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुलीले देशको सुस्त अर्थतन्त्र चलायमान बनाउन यो महोत्सव सहायकसिद्ध हुने विश्वास व्यक्त गरिन् । उनले पर्यटन प्रवद्र्धन, देशमा रहेका औद्योगिक उत्पादनलाई बढावा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्न महोत्सवको मुख्य उद्देश्य रहेको बताइन् ।महोत्सवको थप आकर्षणमा महोत्सवस्थलमा गौतम बुद्धको प्रतिमा निर्माण, अक्रारीयममार्फत एक सयभन्दा बढी माछाका प्रजाती अवलोकन, महिलाहरुको क्षमता अभिवृद्धिका लागि पहिलोपटक आयोजना गरिएको हाजिरीजवाफ, कलाकारको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, लोकदोहोरी कार्यक्रम, कविता प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायत छन् । विभिन्न जातजातिको सँस्कृति जगेर्ना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिँदै आएको महिला विशेष कार्यक्रमअन्तर्गत रत्यौली गीत प्रस्तुति, सुगम संगीत, लाइभ कन्सर्ट लगायत मनोरञ्जनात्मक कार्यक्रम रहेका छन।