भैरहवा १८ ,पुस । श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं. १ पक्लिहवामा युनिसेक्स सेलुन, भैरहवाको प्राविधिक सहयोगमा विद्यार्थीहरुको ‘निःशुल्क कपाल काट्ने कार्यक्रम’सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले यस्ता कार्यक्रमले गाउँ घरका विपन्न परिवारका विद्यार्थीहरुलाई केही भएपनि सहयोग पुग्ने र कार्यक्रमले विद्यालयको अनुशासनकायम राख्नमा टेवापुग्ने भएकोले यसको निरन्तरतामा जोड दिएको जानकारी दिए ।
त्यतै कार्यक्रममा छात्र तर्फ ५७ र छात्रा तर्फ १ जना गरि कुल ५८ जना विद्यार्थीहरु कपाल काट्ने सेवाबाट लाभन्वितभएको थियो । उक्त कार्यक्रममा विद्यालयका शिक्षक प्रकाश भुर्तेल, बासु घिमिरे, जे.पि.मिश्रा, राजकुमार तथा युनिसेक्स सेलुनकातर्फबाट श्रृजनाकुमारी बानिया, सफिक खान, शशिकला कुमारी लोध, निलम चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक देवि प्रसाद न्यौपानेले गरेका थिए ।












