सिद्धार्थनगर र गोरखा नगरपालिकाका जनप्रतिनिधिबीच अनुभव आदानप्रदान

  • भैरहवा १४ पुस – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र गोरखाको गोरखा नगरपालिकाबीच अनुभव आदानप्रदान गरिएको छ । गोरखा नगरपालिकाबाट आएको उपप्रमुखसहितको टोलीलाई आइतबार सिद्धार्थनगरमा स्वागत गर्दै अनुभव आदानप्रदान एवं दुई पक्षीय हितका विषयमा छलफल भएको हो । गोरखाबाट उपप्रमुख मसली माया थोकरको नेतृत्वमा ५ सदस्यीय टोली सिद्धार्थनगरमा आएको थियो ।
    उक्त अवसरमा दुवै नगरपालिकाको पर्यटन विकास, ऐतिहासिक तथा धार्मिक महत्व, नगरपालिकाको समग्र विकास निमार्ण, सेवा प्रवाह लगायतका बिषयमा छलफल तथा अनुभव आदानप्रदान गरिएको सिद्धार्थनगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए । उनले दुवै नगरपालिका धार्मिक, भौगोलिक एवं ऐतिहासिक महत्वका रहेको उल्लेख गर्दै एकआपसमा सहयोग र सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
    गोरखा नगरपालिकाको उपप्रमुख थोकरले दुवै नगरपालिकाले आ–आफ्नो ऐतिहासिक महत्व बोकेको र खास गरी पर्यटन क्षेत्रमा दुवै नगरपालिकाको सहकार्य बढी फलदायी हुन सक्ने बताइन् ।
    सिद्धार्थनगर उपप्रमुख उमा अधिकारीले नगरले हरेक नगरपलिकाले गरेका सकारात्मक कामको अनुसरण गरेर अगाडि बढ्ने बताउँदै अनुभव आदानप्रदानले नै भौतिक, सामजिक एवं मानवीय, बिकासका काम प्रभावकारी हुने बताइन् ।
    सिद्धार्थनगरका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नगर लामो इतिहास बोकेको उल्लेख गर्दै दुई नगरपालिकाले सहकार्य गर्न सक्ने थुप्रै बिषयहरु रहेको बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation