
बुटवल पुस । बुटवल उपमहानरपालिका वडा नम्बर ९ मा रहेको भैरव बचत तथा ऋण सहकारी संस्थाको १७ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष ढाकाराम न्यौपानेको अध्यक्षतामा भएको साधारण सभामा बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रा देवी अर्यालयको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभामा बोल्दै उप प्रमुख आर्यालले सहकारी समान्य मान्छे बाट सुरु भएको भन्दै सहकारीमा सदस्य बन्न नसक्ने विपन्नहरुको लागि पनि सहकारी बन्न सक्नुपर्ने बताईन् । उनले सहकारीमा सदस्य बन्नको लागि चर्को मुल्य तिर्नुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको भन्दै विपन्नहरुको पनि सहकारीमा पहुँच विस्तार हुनुपर्ने धारणा राखिन् ।
उनले बैैक तथा वित्तीय संस्था र सहकारीका बीचमा धेरै अन्तर रहेको भन्दै बचतमा विना धितो ९० % सम्म कर्जा लिन पाउने व्यवस्था सहकारीमा भएको कारण पनि यसले सबैको साझा रुप लिएको बताईन् ।
सरकारको तिन खब्बे अर्थनीतिको एउटा खम्बा सहकारी पनि भएको भन्दै उप प्रमुख अर्यालले सहकारीको नीति भन्दा बहिरको कारोबार गर्ने बुटवलका जो सुकै सहकारी पनि नगरपालिकाबाट कारवाहीमा पर्ने बताईन् । उनले भनिन्–‘अहिले सहकारी स्थानीय तहमा, प्रदेश र संघमा दर्ता गरी सोही उदेश्यक अनुसारको काम गर्दै आएका छन्, जुन राम्रो हो तर हाम्रो क्षेत्राधिकारबाहिरका सहकारीहरुले पनि कुनै बदमासी गरेमा त्यसको कारवाहीका लागि संमन्वय गर्ने काम हाम्रो हुन्छ ।’
केही नामधारी सहकारीको कारण सिंगो सहकारी अभियान नै बदनाम भएको बर्तमान परिवेशमा अव सहकारीमा कुनै पनि समस्या नहुने भन्दै उनले यदि कसैले बदमास गरेमा कानूनी कारवाही गरिने समेत बताईन् । सहकारीका शेयर सदस्यहरुले आफ्नो सहकारीमा भैरहेको अवस्थाको बारेमा जानकारी नियमित रुपमा लिनुपर्ने भन्दै उनले यसको लागि सहकारीमा मुख्य खम्बा भनेको शेयर सदस्य भएको कारण सदस्यहरुले विशेष चाँसो व्यक्त गर्नुपर्ने बताएकी थिईन् ।
साधारण सभामा बोल्दै विशिष्ठ अतिथि बुटवल उपमहानरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रदिप कुमार श्रेष्ठले सहकारीले अहिले उत्पादन, सीपमुलक आयमुलक काममा समेत लाग्नु आफैमा राम्रो कामको सुरुवात भएको भन्दै उत्पादित बस्तुको बजारीकरणको लागि स्थानीय सरहकार र वडाले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
साधारण सभामा सहकारीका सल्लाहकार तथा लुम्बिनी प्रदेशका मुख्यन्याधिवत्ता बरिष्ठ अधिवक्ता यमलाल खनालले नीति नियम सम्मत चलेका सहकारीमा कुनै पनि समस्या नभएको बताए । उनले सहकारी ऐन अनुसार सहकारी चल्नुको विकल्प नभएको भन्दै यसको सहि पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
सहकारी डिभिजन कार्यालयका पुर्व अधिकृत तथा सल्लाहकार धुब्र नेपालले सहकारीको ऐन, नीति, नियम अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए । साधारण सभामा सदस्य भुवनेश्वर पौडेल मिलन नेपाल सहितका विभिन्न व्याक्तित्वले मन्तव्य राखेका थिए ।
उपाध्यक्ष केशव राज न्यौपानेको स्वागत र सचिव सर्मिला बास्तोला को सञ्चालनमा भएको कार्यक्रमममा लेखा समिति संयोजक नारायण खनाल ले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै कोषाध्यक्ष बाबुराम ज्ञवालीले आर्थिक प्रतिवेदन र संस्थाको प्रतिवेदन अध्यक्ष ढाकाराम न्यौपानेले प्रस्तुत गरेका थिए । अध्यक्ष न्यौपानेका अनुसार सहकारीमा हाल ४ सय ७८ जना शेयर सदस्य रहेका छन् । संस्थाको कुल पुँजी ७ करोड, ८६ लाख, ४१ ह्जार २ सय ६९.८३ रहेको छ । सहकारीले हाल सम्म ४ करोड ५० लाख ९५ हजार २ सय २५ रुपैयाँ लागनी गरेको पाइएको छ । सहकारीले यस आर्थिक बर्षमा २२ लाख ५८ हजार ३ सय ९९ .४५ रुपैयाँ खुद मुनाफा प्राप्त गरेको छ ।