बुटवल, १३ पुस । बुटवलस्थित बुटवल हस्पिटल प्रा।लि।को संघ–संस्थाहरुसँग उपचार सम्झौता अभियान जारी छ । सोही क्रममा माछापुच्छ्र्रे बैंकसँग एक कार्यक्रमबीच उपचार सम्झौता गरिएको हो।
बुटवल हस्पिटलले उपचारका लागि माछापुच्छ्र्रे बैंकमार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । त्यसै गरी बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ ।
उपचार सँझौतासँगै दुई संस्थाबीच व्यवसायिक तथा अन्य सहकार्यको बाटो खुलेको बुटवल हस्पिटल प्रा।लि।का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । उनले बुटवल हस्पिटल सबै क्षेत्र, वर्ग र समुदायका नागरिककै भएकोले यसको संरक्षण र प्रवद्र्धनमा पनि सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
सो अवसरमा माछापुच्छ्र्रे बैंकको बुटवल शाखा प्रमुख लाल बहादुर शाहले बुटवलमा यस क्षेत्रकै नमूना अस्पताल रहेकोले यस अस्पतालबाट बैंकका सेवाग्राहीहरुलाई पनि सेवा दिन पाउँदा निकै खुशी लागेको बताए ।
सो अवसरमा बुटवल हस्पिटल प्रा।लि।का उपाध्यक्ष ललित प्रसाद खरेल, अस्पतालका मेडिकल निर्देशक डा। कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्ण लगायतले बुटवल हस्पिटलले उपचार प्रदान गर्ने सन्द्रभमा नयाँनयाँ प्रविधि, उपकरण, दक्ष चिकित्सक एवं स्वास्थ्यकर्मी र प्रयाप्त भौतिक संरचनामा ध्यान दिदै आएको बताए ।
२४ वर्षअघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल अहिले १ सय शैयाका रुपमा सञ्चालनमा रहेको छ । जहाँ आईसीयू, एनआईसीयू, एचडीयूसहितका उपचार कक्षहरु सञ्चालनमा छन् । अस्पतालमा एकपटकमा चारवटा शल्यक्रिया ९अपरेशन० गर्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । बुटवल हस्पिटलमा चिकित्सक नर्ससहित २ सय ५० जना कर्मचारीहरु कार्यरत छन्












