पक्लिहवा मा.वि. र बहिरा मा.वि. विच मैत्रीपूर्ण भलिबल खेल सम्पन्न

  • भैरहवा ,११ पुस
    श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं। १, पक्लिहवा तथा श्री बहिरा बाल विद्यालय, सिद्धार्थनगर वडा नं। २, जंगलटोल विच ‘मैत्रीपूर्ण भलिबल खेल’ पक्लिहवा मा।वि।को खेल मैदानमा सम्पन्न भएको छ । विद्यार्थीहरु विचमा भातृत्व, परिचय, सिकाई, प्रविधिको परस्पर साटासाट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको थियो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले यस्ता प्रतियोगिताले विद्यार्थीको शारिरीक विकाशको साथै बौद्धिक विकाशमा टेवा पुग्नुका साथै आजका बाल–बच्चाहरुमा मोबाइलको लतबाट केही भए पनि छुटकारा पाउने जानकारी दिए ।

    छात्र र छात्राको सम्पन्न भलिबल खेलमा छात्र तर्फ बहिरा बाल विद्यालयका विद्यार्थीहरुले पक्लिहवा मा।वि।लाई २५–१७, २५–१६ र छात्रा तर्फको खेलमा बहिरा बाल विद्यालयले पक्लिहवा मा।वि।लाई २५–१०, २५–१६ को सोझो सेटमा पराजित गरेको थियो । रेफ्रीको भूमिकामा शिक्षक विष्णु पन्थ, सहायक रेफ्रीमा शिक्षक गोविन्द गौतम, स्कोरमा शिक्षक प्रकाश भूर्तेल, लाइन्स मेनमा राज कुमार र जे।पी।मिश्रा रहेका थियो । प्रतियोगितामा बहिरा बाल विद्यालयका प्राचार्य भिम बहादुर थापा, पक्लिहवा मा।वि।का उप–प्राचार्य शेर बहादुर थापा, समाजसेवी अनिल कुमार के।सी।, तेजेन्द्र गुरुङ्ग, मनिषा थापा लगायतको उपस्थिति रहेको थियो भने अब अर्को चरणको भलिबल खेल क्रमशः बहिरा बाल विद्यालयको प्राङ्गणमा सम्पन्न हुनेछ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation