
बुटवल पुस– नेत्रहिन युवा संघ रुपन्देहीको आयोजनामा ‘दृष्टिविहिन भएका व्याक्तिलाई परियोजना प्रस्तावना ,प्रतिवेदन लेखन तालिम प्रदान गरेको छ । माईराईट्स परियोजनाको आर्थिक सहयोगमा नेत्रहिनयुवा संघ नेपाल जिल्ला शाखा रुपन्देहीको आयोजानमा तामनगरमा तालिम सुरुवात गरिएको हो ।
तालिममा राष्ट्रिय अपाङ्ग महांघ नेपाल लुम्बिनी प्रदेशक पुर्व कार्यक्रम प्रमुख तथा डीयुएस कपिलवस्तुका कार्यक्रम म्यानेजर गोमा पन्थीले सहजीकरण गरेकी छिन् ।
दुई दिन सम्म चल्ने प्रस्ताजना तथा प्रतिवेदन लेखन तालिममा प्रस्तावनको परिचय, प्रस्तावन लेखनको शैली, दृष्टिविहिनता भएका व्याक्तिहरुको प्रस्तावना लेखनको लागि पुरा गर्नुपर्ने चरण सहितको तालिम प्रदान गरिने नेत्रहिन युवा संघ नपाल रुप्न्देहीका अध्यक्ष जीवन पोखरेलले जानकारी दिए ।
तालिममा रुपन्देही जिल्लाका विभिन्न संस्थामा कार्यरत दृष्टिविहनता भएका व्याक्तिहरुको सहभागीता रहेको छ ।