भारतीय चर्चित गायक सोनु निगम नेपाल आएका छन्

  • काठमाडौं, १० पुस ।
    भारतीय चर्चित गायक सोनु निगम काठमाडौं आइपुगेका छन्। बुधबार दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई आयोजक टिमले ढाकाटोपी लगाईदिएर स्वागत गरेका छन ।
    गायक सोनुले आज साँझ हायात रिजेन्सी होटलको मैदानमा आयोजित सांगेतिक प्रस्तुति दिनेछन् ।‘सोनु निगम लाइभ इन नेपाल’ नामक प्रस्तुतीका लागि उनलाई काठमाडौंमा निमन्त्रणा गरिएको हो । नेपाली–टच नेपालले क्रिसमसको अवसर पारेर यो कन्सर्ट आयोजना गरेको हो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation