
काठमाडौँ ,९ पुस। सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रता रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै प्रेसमाथि अङ्कुुश लगाउनेगरी कानुन नबनाउने जाकारी दिए ।
“नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ”–सभामुख घिमिरेले भने ।” सभामुख घिमिरे र निर्वाचन समितिका प्रमुख प्राध्यापक चिरन्जीवी खनालले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रमा निर्वाचन समितिका संयोजक प्राध्यापक खनालले महासंघको नवनिर्वाचित समितिले मिसइन्फरमेसन र डिसइन्फरमेसनको विरूद्ध नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने अभिव्यक्ति स्वतन्त्रताको अभियान चलाउने र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर वकालत गर्नुपर्ने बताए ।
महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकार महासङ्घको गरिमालाई कायम राख्दै प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाका लागि लडिरहने प्रतिबद्धक्ता व्यक्त गरेकी छिन। महासङ्घका पूर्वसभापति हरिहर विरहीले सङ्गठनलाई सबै पत्रकारको साझा संस्थाका रुपमा विकास गर्नु सुझाव दिए ।