संघर्ष गरेर ल्याइएको यो व्यवस्था टिकाउन गम्भिर भएर लाग्नुपर्ने : उपप्रधानमन्त्री सिंह

  • बुटवल, ९ पुस । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तनबाट आएका अधिकार सुरक्षित र संस्थागत गर्नुपर्ने बताएका छन् । उनले संघर्ष गरेर ल्याइएको यो व्यवस्था टिकाउन गम्भिर भएर लाग्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले काँग्रेसको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएको दावी गरे । ‘मुलुकमा व्यवस्था परिवर्तन गर्न सक्ने पार्टी काँग्रेस हो’उनले भने, ‘यो व्यवस्थालाई लयमा ल्याउन काँग्रेसले नै सक्छ । काँग्रेसकै नेतृत्वमा २०७२ सालमा संविधान सभाबाट संविधान जारी भयो ।’
    नेता सिंहले अबको दिनमा पार्टीलाई व्यवस्थित गर्नका लागि विधानमा केही अव्यहारिक कुराहरु भए विधि र प्रक्रिया पूरा गरेर विधान संशोधन गरिए राम्रो हुने धारणा राखे । उनले भने, ‘पार्टीको इतिहास, नेताहरुले गर्नुभएको संघर्षको बारेमा र यो पार्टी अरु पार्टी भन्दा बेग्लै छ भनेर चिनाउनुपर्यो ।नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपाली प्रमुख रामकृष्ण खाणले २०४६ सालपछि नेपालमा सुधार आएको र त्यो सुधारलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । कार्यक्रमा केन्द्रीय सदस्य डा। डिला संग्रौला, रुपान्देही सह–सचिव बासुदेव रिमाल लगायतले बोलेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation