
बुटवल ७ पुस । नेपाली युवा उद्यमी मञ्च रूपन्देहीको आयोजनामा राजधानी बाहिर सनिबार चौथो पटक आयोजना गरिएको थियो । नविल बैक मुख्य प्रयोजनमा तथा बुटवल उपमहानगरपालीका र तिलोत्तमा नगरपालीकाको सह प्रयोजकमा तिलोत्तमा नगरपालिकाको कोटीहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा सम्मेलन आयोजना सम्पन्न भएको छ।
नेपाली युवा उद्यमी मञ्च रूपन्देही युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीहरुको खोजी तथा मुलुक भित्र प्रयाप्त अवसर, संभावनाको खोजी गरि आम युवाहरूलाई मुलुक भित्र आफ्नो सुनौलो भविष्य खोज्न सम्मेलन केन्द्रित रहेको नेपाली युवा उद्ममी मञ्च रुपन्देहीका अध्यक्ष रिशव वझाले जानकारी दिए ।
उनले उद्यमशिलताका विभिन्न विषयमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, राजनैतिक दल, युवासग सम्बन्धित सरोकारवाला निकाय उद्यमशिलता प्रोत्साहन र निर्माणमा लागेका अभियान्ताहरू सबैलाई यो सम्मेलनले युवा उद्यमलार्इ धन, विकास र विस्तार गर्नेमा फलदायी हुने विस्वास व्यक्त गरे ।
स्वदेश मै युवा आमशिलता जागरण पैदा गर्नको लागि राजधानी बाहिर मोफसलमा चौथौ पटक सम्मेनमा गरिएको तथा युवा उद्यमी सम्मेलयमा देशभरबाट ४ सय ५० युवा उद्यमीहरुको सहभागीता रहेका थिए ।
कार्यक्रममा संयोजक प्रविना घिमिरेले वताइन । कार्यक्रममा प्रमुख अथिति युवा उद्ममी मञ्च नेपालका अध्यक्ष कुशल सुन्दर श्रेष्ठले युवाहरुलाई स्वदेशमै स्वरोजगारी वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । देशको नेपालको अर्थतन्त्रको बर्तमान अवस्था र भविष्यका बारेमा आफनो धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख वाक्ता रूपमा वल्ड लिङ्क कम्युनिकेशन लिमिटेडका संस्थापक दिलीप अग्रवालले नेपाली युवाहरुलाई स्वदेशमा नै उद्यमीकरण गर्नुपर्ने कुरामा जोड दिनुपर्ने र उनीहरुले स्वदेशमा नै युवा उद्यमीकरणका गर्दै देशलाई आर्थिक संकटबाट जोगाउनुपर्ने कुरा तथा उधमशिलता सम्बन्धि आफ्नो विशेष प्रस्तुती दिएका थिए । प्यानल डिस्कसन सिद्धीविनायक मोटो क्रोप्र्स का सुनिल कसजु नेपाल टुरिजमा बोेड श्रद्धा श्रेष्ठ ,कोकाकोला बेभेरेज नेपाल का स्नेह राजभण्डारी, कामना सेवा विकास बैक लिमिटेड का अध्यक्ष सुदिप आर्चायको टिमले विषेशगरी युवा उद्यमीहरुको वीचमा सम्पर्क सन्जाल विस्तार, नयाँ आउन लागेका नव उद्यमीहरूको बीचमा प्रेरणादायी सम्बन्ध विस्तारका साथै व्यवसायिक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, अवसर, चुनौतिको विषयमा छुट्टाछुट्टै छलफल गरेका थिए ।
त्यस्तै कार्यक्रमा माउन्ट एभरेष्ट कथ्था प्रालीका अध्यक्ष वसन्त रोक्का, सिद्धार्थ ग्रुप अध्यक्ष चिन्तामणि न्यौपानेको आफ्नो प्रेरणादायी प्रस्तुती दिएका थिए । पाहाडी फुडस तथा हाइलाइफ फुडस का प्रबन्धक निर्देशक प्रसान्त घिमिरे ,मेरो किनमेल प्रालिका कार्यकारी निर्देशक सन्तोष कँडेलले युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीहरुको खोजी तथा संभावना बारेमा आफ्नो धारणा राखेका थिए । मध्यस्थताको भुमिककामा अर्थशास्त्री निशान्त खनालले गरेका थिए । त्यस्तै नविल बैक लिमिटेड क्लास्टर प्रमुख तथा नेपाल उधोग वाणिज्य संघ उपाध्यक्ष लगाएतले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा संचालक मिस नेपाल अर्थ २०२० सुप्रिया श्रेष्ठले गर्ने भएकी थिइन ।