
बुटवल, पुस । स्वर्गिय मान बहादुर विश्वकर्माको स्मृतिमा शिव श्रीराम गुल्मेली सुनचाँदी पसलद्धारा प्रयोजित गरिएको तथा मण्डे एफसि बुटवलको आयोजानमा जारी खुल्ला फुटसल प्रतियोगीताको उपाधी हिमालयन एफसीले हातपारेको छ । अभिषेक चर्जलाई ४ गोल गर्दै हिमालयन एफसी काठमाण्डौ प्रथम भएको हो । प्रथम हुँदै हिमालयन एफसीले नगद १ लाख १ हजार १ सय ११ नगद सहित ट्रफि हात पारेको हो । २ का विरुद्ध ४ गोल गर्दै हिमालयन ले उपाधी कब्जा गरेको हो । प्रतियोगीतामा उप विजेता भएको
अभिषेक चर्ज ले नगद ५० हजार १ सय ११ रुपैया प्राप्त गरे । प्रतियोगीतामा बेस्ट पेलेयर अभिषेक चर्ज नवलपरासी सुभराज महत भए । उनले नगद ५ हजार पुरस्कार समेत पाए । यस्तै बेस्ट गोलकिपर हिमालयन एफ सि काठमाडौं दिपेस श्रेष्ठ ,उत्कृष्ट खेलाडी देबदह ब्याइज सुरज चौधरी भए । उनिहरुले ५÷५ हजार नगद सहित पुरस्कृत भएका हुन । प्रतियोगीतामा शशस्त्र प्रहरी वल नेपाल भैरहवा का प्रहरी उपरिक्षक आनन्द थापा, क्लवका कार्यवाहक अध्यक्ष रवि विश्वकर्मा, खेल संयोजक सुरज थापा लगायतले विजयी टिमलाई पुरस्कार प्रदान गरेका थिए ।
साथै प्रतियोगीतामा पुर्व राष्ट्रिय फुटसल खेलाडी खेल खेल्ने क्रममा घाइते भएका विक्रम सेन ठकुरीलाई नगद २१ ह्जार १ सय २० रुपैयाँ सहयोग गरिएको क्लवका कोषाध्यक्ष हरि पोखरेलले जानकारी दिए । योगीकुटीस्थित स्वर्णिम फुटसलमा आयोजना भएको प्रतियोगितामा काठमाण्डौको सहित रुपन्देही, नवलपरासीको गरि २० टिमले भाग लिएका थिए । प्रतियोगितामा जिल्ला बाहिरबाट सहभागी बाहिर टिमलाई आवासिय सुविधा समेत प्रदान गरिएको थियो । सोही कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका खेलाडी सहित विद्यार्थीहरुलाई ३० हजार रुपैयाँ बराबरको आर्थिह सहयोग समेत प्रदान गरिएको थियो । साथै क्लबले अन्र्तराष्ट्यि रेफ्रि विष्णु प्रसाद पौडेलाई बिशेष सम्मान गरेको छ । उक्त कार्यक्रमा यस क्षेत्रकै राष्ट्यि खेलाडि दिलिप क्षेत्रीलाइ सम्मान पत्रले सम्मान गरेको थियो । साथै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सहयोगीे दाताहरुलाई प्रशंसा पत्रले सम्मान प्रदान गरेको थियो ।