
बुटवल,५ पुस । मण्डे एफसि फुटसल बुटवलको आयोजानमा राजधानी वाहिरको सबैभन्दा ठुलो धनरासीको खुल्ला फुटसल प्रतियोगीता बुटवमला आज विभिन्न क्लब क्वाटर फाइनल प्रवेश गरेको गरेका छन ।स्वर्गिय मान बहादुर विश्वकर्माको स्मृतिमा शिव श्रीराम गुल्मेली सुनचाँदी पसलद्धारा प्रयोजित गरिएको प्रतियोगिताको शुक्रबार समाजसेवी धनकला विश्वर्काले खेलका मुख्य रेफ्रीलाई बल तथा अन्य सामग्री प्रदान गरी खेलको शुभारम्भ गरिएको हो । प्रतियोगिता शुभारम्भ कार्यक्रममा क्लबका कार्यबाहक अध्यक्ष रबि विश्वकर्मा, खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारी लुम्बिनी प्रदेश साईकिलिङ्ग संघका अध्यक्ष पत्रकार स्वस्तिक श्रेष्ठ , मन्डे एफसि फुटसलका उपाध्यक्ष प्रज्वाल श्रेष्ठ ,सचिव मन्जिल विस्वकर्मा , सहभागीता रहेको थियो । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उप–विजेता टिमले नगद ५० हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सुरज थापाले बताए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर र उत्कृष्ट गोलकिपरलाई नगद ५–५ हजार, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । योगीकुटीस्थित स्वर्णिम फुटसल एरियामा हुने प्रतियोगितामा काठमाण्डौको एक टिमसहित रुपन्देही, नवलपरासीको गरि २० टिमले भाग लिएका छन । क्लवका कोषाध्यक्ष हरि पोखरेलले लामो समयपछि प्रतियोगिता आयोजना गर्न लागेको बताए । करिब साढे ४ लाख रुपैया खर्च अनुमान गरिएको प्रतियोगिताबाट बचेको रकम पुर्व खेलाडी विक्रमसिह ठकुरी आर्थिक सहयोग र युवाहरुलाई खेलकुद सामग्री वितरण गरिने उनले बताए । प्रतियोगितामा सहभागी बाहिर टिमलाई आवासिय सुविधा समेत प्रदान गरिएको छ । शुक्रबार क्वाटरफाईलनलको लागि मणिग्राम युनाईटेड र अभिषेक चर्चाका विचमा हुने छ । यस्तै हिमालय एफसी र ईमान एफसीका विचमा हभयकाे थियाे । यस्तै तेस्रो खेल फुलवारी गाईज र सनराईज फुटसलका विचमा र चौथो खेल होटल सुन्दर स्वर्णीम फुटसल भर्सेज देवदह ब्याइज विचमा हुने छ ।