घुम्न जाउँ बर्दिया अभियानको शुभारम्भ

  • नेपालगंज, ४ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पर्यटन प्रवर्द्धनबाट प्रदेशले समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताएका छन् । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनीको आयोजनामा बिहीबार बर्दियामा सम्पन्न उदयमान लुम्बिनी संस्कृति र प्रकृति विषय नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दैै मुख्यमन्त्री आचार्यले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर नीति निर्माण गरेर कार्यान्वयनमा लगेको बताएका हुन् ।
    यसका साथै बर्दिया जिल्लाको समग्र विकासका लागि प्रदेश सरकारले ध्यान दिएको, योजना तथा बजेटमा प्राथमिकतामा राखिएको समेत उनले जानकारी दिए । राष्ट्रिय निकुञ्जको सिमाना तथा नदी तटिय क्षेत्रमा देखिएको डुबान, कटानको समस्या समाधान गर्न लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारले संयुक्त पहल लिएको बताए । ‘यहाँको समस्या यहाँको मात्रै होइन, सिंगो लुम्बिनीको समस्या हो । यसलाई प्राथमिकतामा राखेर हल गर्छौैं’उनले भने,‘निकुञ्जमा किसानहरुको आठ सय विगाह जग्गा रहेको तर, उहाँहरुले न क्षतिपूर्ति पाउनुभयो । न जग्गा पाउनु भएको छ । यो विषयलाई प्रदेश सरकारले संघीय सरकारको ध्यानाकर्षण गराउने गरी उठाउँछ ।’

    प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरेको, पर्यटनमैत्री पूर्वाधार र सम्पदाहरुको संरक्षणमा सरकारले प्राथमिकता राखेर योजना अघि सारेको बताए । लुम्बिनी पर्यटन सर्किटमार्फत १२ जिल्लाका धार्मिक, साँस्कृतिक एवं पर्यटन क्षेत्रलाई जोड्ने गरी सरकारले अभियान थालेको बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation