
बुटवल, ४ पुस । रुपन्देहीमा हप्तादिनको फरकमा फेरि अर्को ठुलो धनराशीको फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक मण्डे एफसी, बुटवलको आयोजनामा शुक्रबारदेखि दुई दिने मण्डे एफसी दोस्रो खुल्ला फुटसल प्रतियोगिता २०८१ हुने भएको हो ।
स्वर्गिय मान बहादुर विश्वकर्माको स्मृतिमा शिव श्रीराम गुल्मेली सुनचादी पसलद्धारा प्रयोजित गरिएको प्रतियोगिताको विहिबार पत्रकार सम्मेलन गरि कप अनावरण तथा टाईसिट सार्वजनिक गरेको छ । प्रतियोगिता तयारी पुरा भएको क्लबका अध्यक्ष रबि विश्वकर्माले बताए । फुटसलको क्रेजलाई मध्येनजर गरि प्रतियोगिता गर्न लागेको उनले सचिव मंजिल बिश्वकर्मा बताए । रुपन्देही फुटबलको उर्वरभुमी भएको प्रमाण यहा हुने खेल गतिविधिको निरन्तरताले दिने उनको दाबी छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ५० हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सुरज थापाले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर र उत्कृष्ट गोलकिपरलाई नगद ५–५ हजार, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । योगीकुटीस्थित स्वर्णिम फुटसल एरियामा हुने प्रतियोगितामा काठमाण्डौको एक टिमसहित रुपन्देही, नवलपरासीको गरि २० टिमले भाग लिएका छन ।
कार्यक्रममा कोषाध्यक्ष हरि पोखरेलले लामो समयपछि प्रतियोगिता आयोजना गर्न लागेको बताए। करिब साढे ४ लाख रुपैया खर्च अनुमान गरिएको प्रतियोगिताबाट बचेको रकम पुर्व खेलाडी विक्रमसिह ठकुरी आर्थिक सहयोग र युवाहरुलाई खेलकुद सामग्री वितरण गरिने उनले बताए। प्रतियोगितामा सहभागी बाहिर टिमलाई आवासिय सेवा समेत दिईने उनले बताए।
त्यतै कार्यक्रमा उपाध्यक्ष प्रजोल श्रेष्ठ, र सहसचिव राहुल कसौधन लागएत बोलेका थिए ।
खेलतालिका