
बुटवल , ३ पुस । नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार तिलोत्तमामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले १० वर्षको अवधिमा संविधानका सबल र दुर्बल पक्षलाई केलाएर संशोधनको प्रक्रियामा लाग्ने बताए
गृहमन्त्री लेखकले सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने बताएका छन् । उनले
संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर काम अगाडि बढाएको उल्लेख गर्दै यसमा सबै दललाई ल्याउने प्रयत्न भएको उनको भनाइ छ । अर्को एक फरक प्रसंगमा गृहमन्त्री लेखकले सहकारीको रकम ठगी, अपचलन र हिनामिना गर्ने सयौं मान्छे जेल गएको बताउँदै गलत गरेका कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै अमर्यादित व्यवहार नभएको दावी गरे । मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदूरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने उनले जिकिर गरे ।
लाखौं गरीब मान्छेको अरबौं रुपैयाँ हिनामिना गर्ने रु ठगी गरेर अर्काको रकम खाइदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने रु यो कस्तो कुरा हो, मन्त्री लेखकले भने, ‘दिनभरी काम गरेको भोकै बसेर जम्मा गरेको रकम खाइदिने अनि भिड जम्मा गरेर न्यायका कुरा गर्ने रु मन्त्री लेखकले भीडले न्याय दिने भए प्रहरी, अदालत र न्यायाधीश किन चाहियो भन्दै प्रतिप्रश्न गरे । उनले सहकारी ठगीका मुख्य योजनाकार जिबी राईलाई अनुसन्धानका लागि ल्याउने कुरामा सरकार गम्भीरतापूर्वक लागेको दावी गरे ।