
पुष २ ,मगंलवार
नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा चौथो पटक युवा उद्यमी सम्मेलन हुने भएको छ । यहि पुस ६ गते हुने लागेको सम्मेलन तिलोत्तमा नगरपालिकाको कोटीहवामा रहेको टाइगर प्यालेस रिसोट आयोजना हुनेछ । युवा उद्यमी सम्मेलनमा देशभरबाट युवा उद्यमीहरु सहभागी हुने भएका छन् । युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीहरुको खोजी तथा संभावनाको खोजी विषयमा सरकार,युवा र उद्यमशिलताको विषयमा सम्मेलन केन्द्रीत हुने अध्यक्ष रिसव वझाले जानकारी दिए ।
स्वदेशभित्र नै युवा उद्यमशिलता जागरण पैदा गर्नको लागि चौथौ पटक रुपन्देहीका यस्तो प्रकृतिको कार्यक्रम आयोजना गर्न लागिएको हो । सम्मेलनमा विभिन्न उद्यमीले आफ्नो प्रस्तुती समेत दिने कार्यक्रम संयोजक प्रबिना घिमिरेले जानकारीदिइन । उनका अनुसार ४ सय ५० भन्दा बढी युवा उद्यमीहरुको सहभागीता हुने अपेक्षा लिइएको छ । सम्मेलनमा मुख्य वतmा वल्ड लिङ्ग कम्युकेशन लिमिटेडका अध्यक्ष दिलीप अग्रवालको विशेष प्रस्तुती रहनेछ । त्यतै इन्सपाइरिङ्ग स्टोरी सेसन एभरेष्ट कन्था प्रा ली का अध्यक्ष बसन्त का रोक्का, सिद्धार्थ ग्रुप का अध्यक्ष चिन्तामणि न्यौपाने उत्प्रेरण मुलक प्रस्तुती दिनेछन । उद्यमशीलता जर्नि सेसनमाब सिङ्गगांपुर बेभेरेज नेपाल प्रा लि का प्रबन्धक निर्देशक आशिष शर्मा, पाहाडी फुडस का प्रबन्धक निर्देशक प्रसान्त घिमिरे ,मेरो किनमेल प्रा लि का कार्यकारी निर्देशक सन्तोष कण्डेल , प्यानल डिस्कसन सिद्धीविनाय मोटो क्रोप्र्स का सुनिल कसजु नेपाल टुरिजमा बोेड श्रद्धा श्रेष्ठ ,कोकाकोला बेभेरेज नेपाल का स्नेह राजभण्डारी, कामना सेवा विकास बैक लिमिटेड का अध्यक्ष सुदिप आर्चाय ,मध्यस्थकर्ता निसान्त खनाल गर्ने भएका छन । उत्त कार्यक्रममा संचालक मिस नेपाल अर्थ २०२० सुप्रिया श्रेष्ठले गर्ने भएकी छिन ।
युवा सम्मेलनबाट खासगरी युवा उद्यमीहरुको बीचमा सम्पर्क सवाल विस्तार, नयाँ आउन लागेका उद्यमीहरुको बीचमा प्रेरणादायी सम्बन्ध बिस्तारका साथै व्यवसायिक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, अवसर, चुनौतिको विषयमा छुट्टाछुट्टै छलफल कार्यक्रम समेत आयोजना गरिने भएको छ ।