१५ दिने मादल बजाउने तालिमको उद्घाटन

  • पौष १ सुद्धोधन ।रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ सौ,फर्साटिकर अवस्थित सौ,फर्साटिकर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा १५ दिने वाद्यवादक मादल बजाउने तालिमको उद्घाटन कार्यक्रम सीताराम मन्दिरको सभाहलमा सोमबार एक समारोहबीच सम्पन्न भएको छ।संस्थाका अध्यक्ष रामेश्वरी सिंहको अध्यक्षतामा र शुद्धोधन ४ का वडा अध्यक्ष तथा प्रव्क्ता केशव प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि अधिकारीले पानशमा दिप प्रज्वलन गरि उद्घाटन गर्नुभयो । सो कार्यक्रममा प्रमुख अतिथि केशव प्रसाद अधिकारीले सौ,फर्साटिकर सामुदायिक सिकाइ केन्द्रले महिलाहरूलाई लक्षित गरि १५ दिने मादल बजाउने तालिमकाे आयोजनाले धेरै महत्त्वपूर्ण कार्य गरेकोमा धन्यवाद दिदै हाल लोप हुनलागेको मादल बजाएर रमाइलो गर्ने चलन हराउन लागेकाले यस तालिमले एउटा महत्त्वपूर्ण भुमिका निभाउने अपेक्षा राख्नुभएको थियोे।सो तालिममा ४ नम्बर वडाका १० वटा टोल र सीताराम मन्दिर समितिका ४० जना महिलाहरूको सहभागीता रहेको आयोजकले जानकारी दिनुभयो।उक्त कार्यक्रममा शुद्धोधन कार्यपालिका सदस्य रुकमणि थारू,शुद्धोधन ४ का वडा सदस्य बालकृष्ण पराजुली,टोलप्रसाद राना,संस्थाका पुर्व अध्यक्ष हेम बहादुर राना,फर्साटिकर आमा समुहका अध्यक्ष कमला ढकाल,जिविका सहकारीका अध्यक्ष रामप्रसाद गैरे,सीताराम मन्दिरका अध्यक्ष गौरी बास्तोला लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।संस्थाका उपाध्यक्ष नवराज आचार्यको स्वागतमा र संस्थाका सामाजिक परिचालन अन्जना रेग्मीकाे सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation