विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य

  • काठमाडौं ३० मंसिर
    नेपाल प्रिमियर लिग ९एनपीएल०मा विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९।५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो ।

    विराटनगरका राजेश पुलामीले २५, दिपक बोहराले २०, स्कट इडवार्डले १५, बसिर अहमदले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    विराटनगरलाई अलआउट गर्ने क्रममा काठमाडौंका गेरहार्ड इरास्मुसले तीन, दीपेश कँडेलले २ तथा शहाब आलम, करण केसी र डन डाउथवाइटले एकरएक विकेट लिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation