साना किसान कृषि सहकारीको १२ औं साधारणसभा

  • रुपन्देहीको शुद्धोधन गाउँपालिका ७ मानमटेरिया भगलापुर अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा जन्ता माविको प्राङ्गणमा शनिबार एक समारोहबीच सम्पन्न भएको छ।
    संस्थाका अध्यक्ष माया कुमारी चौधरीको अध्यक्षतामा र लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले पानशमा दिप प्रज्वलन गरि उद्घाटन गर्दै चौधरीले बचत तथा ऋणको मात्रै कारोबार गर्ने सहकारीहरुको भिडमा साना किसान कृषि सहकारी संस्थाले सामाजिक तथा कृषि क्षेत्रमा लगानी प्रवाह गरिरहेकोमा खुसी ब्यक्त गर्दै।साथै उनले आम महिला दिदीबहिनीहरुको जीवनस्तर उकास्ने काममा संस्था निरन्तर लागिरहनु प्रशंसनीय रहेको भन्दै सहकारीले आम शेयर सदस्यको जीवनस्तर उकास्ने गरी उत्पादनमैत्री क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो। उनले संस्थालाई उत्पादनमुखी बनाउन लगानीका क्षेत्रहरु समेत बिस्तार गर्नु आजको आवश्यकता रहेको बताउदै संस्था त्यसमा सफल देखिएको भन्दै प्रशंसा समेत गर्नुभएको थियो। सो साधारणसभामा संस्थाका अध्यक्ष प्रतिवेदनमा संस्थामा ११७८ जना मात्र शेयर सदस्य आवद्ध रहेको र अझै पनि धेरै घरधुरी बाँकी रहेको हुदाँ यस वर्ष ५० जना शेयर सदस्य वृद्धि गर्ने लक्ष्य लिएको छ।भने ८०/८१ मा कुल आम्दानी रु २ करोड ३ लाख ५ हजार ९ सय २१ रुपैया भएको छ। भने कुल खर्च १ करोड ६३ लाख ११ हजार ८ सय ५० रुपैया भएको छ। भने अषाढ मसान्तकमा रु ३९ लाख ९० हजार ७१ रुपैया खुद नाफा भएको र आर्थिक वर्ष ०८१/८२ मा संस्थाले रु, ८३ लाख २०हजार नाफा गर्ने लक्ष्य लिएको अध्यक्ष प्रतिवेदनमा प्रस्तुतिमा संस्थाका अध्यक्ष माया कुमारी चौधरीले प्रस्तुत गर्नुभएको थियो।लेखा समितिको लेखा प्रतिवेदन लेखा समिति सदस्य कविता थापाले प्रस्तुत साधारणसभाले सर्वसम्मत पारित गरेको थियो।उक्त साधारणसभामा नेपाल कृषि सहकारी केन्द्रीय संघका सञ्चालक रामप्रसाद रेग्मी,सहकारी महा संघका सञ्चालक सदस्य टीका न्यौपाने,शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, शुद्धोधन ७ का वडा अध्यक्ष भीमनारायण चौधरी,साना किसान सहकारी मधवलियाका प्रबन्धक नारायण अर्याल,शुद्धोधन सहकारी संजालका अध्यक्ष लेख बहादुर खत्री लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।सो कार्यक्रममा संस्थाका उपाध्यक्ष सावित्री रानाको स्वागतमा र संस्थाका प्रबन्धक पार्वती चौधरीको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation