स्व.मान बहादुर विश्वकर्मा स्मृति दोस्रो मन्डे एफसि फुटसल प्रतियोगिता हुँदै

  • बुटवल २९ मंसिर । रुपन्देहीको बुटवलमा यही पुष ५ र ६ गते ‘स्वर्गीय मान बहादुर विश्वकर्माको स्मृति खुला फुटसल प्रतियोगिता’ हुने भएको छ । मन्डे एफसि फुटसल क्लब आयोजना र शिव श्रीराम गुल्मेली सुनचाँदी, अमरपथ, बुटवलको मुख्य प्रायोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता २ दिन संचालन हुने मन्डे एफसि फुटसल क्लब का अध्यक्ष रवि विश्वकर्माले जानकारी दिए ।
    बुटवलको कालिकानगर स्थित स्वर्णिम फुटसल कोर्टमा हुने प्रतियोगिताको पुष ४ गतेसम्म टिमदर्ता गर्ने खुला गरिएको छ । टिमदर्ता शुल्क ६ हजार ५ सय तोकिएको संयोजक सुरज थापाले जानकारी दिए ।
    शिव श्रीराम गुल्मेली सुनचाँदी पसल, बुटवलद्वारा प्रायोजन गरिएको प्रतियोगिताको विजेताले नगद १,लाख १ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष विश्वकर्माले जानकारी दिए ।
    विधागततर्फ तीन विधाका उत्कृष्ट खेलाडीहरुलाई जनही ५–५ हजार नगद र ट्रफी पुरस्कारको पनि व्यवस्था गरिएको खेल संयोजक थापाले बताए ।
    त्यतै प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ लाग्ने क्लबका कोषाध्यक्ष हरी पोखरेल केसिले जानकारी दिए ।
    प्रतियोगिता यति ठूलोे शासिको काठमाण्डौ देखि बाहिर पहिलोपटक भएकाले खेलको विशेष महत्व रहेको क्लबका सचिव मंजिल विश्वकर्मा बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation