
२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को लिग चरणबाटै बाहिरिएको लुम्बिनी लायन्सले अन्तिम खेल पनि गुमाएको छ । शुक्रबार टियू क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सले लुम्बिनीलाई ५ रनले पराजित गरेको हो ।
शुक्रबारको जितसँगै कर्णाली भने प्लेअफ नजिक पुगेको छ ।
लुम्बिनीको भने आजको सातौं खेल हो । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको यो टोलीले एनपीएलमा एउटा मात्रै खेल जित्यो ।
लगातार चौथो जित निकालेको कर्णाली भने ६ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ ।