विज्ञान शिक्षक समाज रुपन्देहीको आयोजनामा बुटवलमा एक दिने विज्ञान कार्यशाला

  • रुपन्देही, विज्ञान शिक्षक समाज रुपन्देहीको आयोजनामा बुटवलमा एक दिने विज्ञान कार्यशाला सप्पन्न भएको छ।२०८१/०८/२२ मा बुटवलको कान्ति माविमा सम्पन्न कार्यक्रममा विज्ञान तथ प्रविधि विषयमा रहेका कठिन विषय बस्तु र नतिजा सुधार्न गर्नुपर्ने कार्यको विविध विषयमा छ्लफल भएको थियो।रुपन्देहीका विद्यालय तहको विज्ञान तथा प्रविधि विषय अध्यापनरत ५० जाना शिक्षकको सहभागीता रहेको थियो।कार्यक्रमको उदघाटन शत्र संस्थाका रुपन्देही संयोजक तथा प्रदेश उपाध्यक्ष दिपक बन्जाडेको अध्यक्षता र कान्ति माविका प्रधानाध्यापक गोबिन्द ज्ञवालीको प्रमुख आथित्यतामा सप्पन्न भएको थियो।

    उदघाट्न शत्रमा बोल्दै प्रधानाध्यापक ज्ञवालीले यो बर्षको SEE मा विज्ञान तथा प्रविधि विषयको नतिजा नाजुक रहेकोले आवश्यक रणनीति बनाएर शिक्षण सिकाई गर्नु पर्ने र सम्बन्धित सरकारी निकायले पनि चासो दिएर यस्तो कार्यक्रम गर्नुपर्ने धारणा राख्नु भयो।संस्थाका रुपन्देही सचीव सन्तोष यादवको सन्चालन मा सप्पन्न कार्यशालामा शिक्षकहरु दिपक बन्जाडे,दिलिप बेल्बासे,सारदा पान्डे र हेमन्त घिमिरेले गर्नु भएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation