रुपन्देहीको शुद्धोधन गाउँपालिकामा लायन्स हार्टको आयोजनामा बृहत मेगा स्वास्थ्य शिविर

  • बुटवल २१मंसिर
    रुपन्देहीको शुद्धोधन गाउँपालिकामा लायन्स क्लब अफ बुटवल हार्टको आयोजनामा बृहत मेगा स्वास्थ्य शिविर कार्यक्रम शुद्धोधन ५ मानपकडी स्वास्थ्य चौकीमा शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ।कार्यक्रममा क्लवका अध्यक्ष लायन प्रविन्द्र गोविन्द श्रेष्ठको अध्यक्षतामा र जिल्ला गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रममा प्रमुख अतिथि पुरुषोत्तम भक्त प्रधानाङ्गले कार्यक्रमको उद्घाटन गर्दै निःशुल्क स्वास्थ्य शिविरमा लायन्सको नियमित कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको डिष्ट्रिक गर्भनर लायन्सका प्रधानाङ्गले बताउदै अगामी दिनमा शुद्धोधन गाउँपालिका संग हातेमालो गरि पालिकामा विभिन्न स्वास्थ्य शिक्षा लगायतको कार्यक्रम गरिने बताए ।

    शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले लायन्स क्लब अफ बुटवल हार्टले घरदैलोमै स्वास्थ्य सेवामूलक नि:शुल्क शिविर कार्यक्रम गरेकोमा धन्यवाद दिदै अगामी दिनहरूमा लायन्स क्लब र शुद्धोधन गाउँपालिकाले साझेदारीमा बृहत कार्यक्रम गरिने जानकारी दिइन ।शुद्धोधन गाउँपालिका प्रब्क्ता तथा ४ नम्बर वडा अध्यक्ष केशवप्रसाद अधिकारी र ५ नम्बर वडा अध्यक्ष चन्द्रभान चौधरीले यस लायन्स क्लब अफ बुटवल हार्टले विगतका वर्ष देखि शुद्धोधन गाउँपालिकाका विभिन्न वडा हरुमा निःशुल्क स्वास्थ्य शिविर,वृक्षारोपण लगायतका कार्य गर्दै आएकोमा धन्यवाद व्यक्त गरे ।उक्त नि:शुल्क स्वास्थ्य शिविरमा मानसिक रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ,महिला तथा स्त्रीरोग विशेषज्ञ,जनरल फिजिसियन सेवा, सुगर परिक्षण लगायतका कुल पीपीडी बिरामी ५०१ जना सेवाग्राहीले सेवा लिएका थिए डी,एस,टी, परीक्षण २६७ जना र पी,एफ,टी,सेवा १९१ जना बिरामीहरूले नि:शुल्क स्वास्थ्य चेक जाँच र निःशुल्क औषधी प्राप्त गरेको शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले बताए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation