
बुटवल २१ मंसिर । नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको आयोजनामा सिद्धार्थनगर नगरपालिका वडा नं ४, उद्योगपुरीमा नेपाली कांग्रेसका क्षेत्रीय सह–सचिव तथा व्यवसायी कुल प्रसाद न्यौपानेको पुज्यनिय माता विष्णु कुमारी न्यौपानेको ९३ वर्षको उमेरमा भएको निधनमा ९ औं दिनको पुन्यतिथिमा “शोकसभा’’ गरेको छ ।
शोक सभा क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङको सभापतित्व तथा नेपाली कांग्रेसका जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी खाणले मानिसको जन्मपछि मृत्यु निश्चित रहेकाले स्वर्गीय न्यौपानेको बैकुण्ठ बासको कामनासहित निजले देखाएको असल बाटोमा हिड्नु पर्ने भनाई राखेका थिए । सो कार्यक्रममा संविधानसभा सदस्य तथा महिला नेतृ जन्नतुन निशा धुनिया, नेपाली कांग्रेसका नगर सभापति कोशिस बहादुर खड्का लगायतले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा महासमिति सदस्य दिपक पौडेल, महासमिति सदस्य तथा सि.न.पा. वडा नं. १३ का वडा अध्यक्ष सोम बहादुर गुरुङ्ग, जिल्ला सह–सचिव विष्णु थापा, क्षेत्र नं. ३ का कोषाध्यक्ष कृष्ण खनाल, जिल्ला सदस्य ओम कुमार क्षेष्ठ, मोहम्मद सलिम, क्षेत्रिय सदस्य रुपमाया पुन, योगेन्द्रनाथ पाण्डे, घनश्याम यादव, सरस्वती श्रेष्ठ, शोभा आचार्य, नगर उपसभापति किरण घिमिरे, नगर सचिव अनिल के.सी., हरिमाया गुरुङ्ग, वडा नं. ५ का वडा अध्यक्ष पूरन प्रसाद श्रेष्ठ, तिलोत्तमा वडा नं. १६ का वडा अध्यक्ष झविलाल भुषाल, सि.न.पा. वडा नं. २ का सभापति भिम बहादुर दगामी, वडा नं. ४ का सभापति नरेन्द्र रौनियार, वडा नं. ६ का सभापति राम बहादुर गुरुङ्ग, वडा नं. ७ का सभापति भविलाल पौडेल, वडा नं. ८ का सभापति टंक ज्ञवाली, वडा नं. ९ का सभापति श्याम सुन्दर खनाल, वडा नं. १० का सभापति विजयनाथ धवल, वडा नं. ११ का सभापति केदारनाथ कुर्मी, वडा नं. १२ का सभापति हरिराज विष्ट, वडा नं. १३ का सभापति प्रकाश बहादुर सिंह खड्का, प्रदेश प्रतिनिधि डिल्लीराज अधिकारी, सिमा तामाङ्ग, समाजसेवी रामचन्द्र उपाध्याय, भरत विजुकुछे, कुमार के.सी., श्रीराम गुप्ता, विधार्थी नेता आकाश पौडेल, प्रतिक भण्डारी, नवराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य नेपाली कांग्रेसका प्रदेशसभा ३ ‘क’ का सभापति सुरेन्द्रजंग थापा तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईले संचालन गरेका थिए