रामपुरमा जनप्रतिनिधि संवादकार्यक्रम

  • रामपुर, १९ मंसिर
    पाल्पा को रामपुर नगरपालिका वडा नं. १ मा जनप्रतिनिधि संग संवाद कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको
    आयोजनामा मंगलवार वडा नं. १ को टापुधाममा जनप्रतिनिधि संवादकार्यक्रम भएको हो ।
    कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगरबासीको प्राथमिकता र आवश्यकताको आधारमा योजना सञ्चालन तथा कार्यक्रम गर्दै आएको
    बताए । उनले नगरको समुन्नत विकास सहित समृद्ध नगर निर्माणका लागि नगरबासीको आवश्यकतालाई केन्द्रविन्दुमा राखेर अगाडी बढेको बताए । नगरपालिकाको जनताको सुविधाका लागि सिमित स्रोत र साधनका विच अने कन आवश्यकता मागलाई पुरा गर्न स्थानीय सरकार प्रतिबद्ध भएर लागे को उल्लेख गरे । प्रमुख थापाले जनताका आवश्यकता र वस्तुस्थितिलाई अझ नजिकबाट नियालेर जनताको
    गुनासो र सुझाव लिनका लागि जनप्रतिनिधि संग संवाद कार्यक्रम गरिएको बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation