अपाङ्गता दिवसमा रामग्रामममा कार्यक्रम

  • बुटवल मंसिर । ३२ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा रामग्राम नगरपालिका नवलपरासीमा कार्यक्रम गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग र अपाङ्गएवम अभिभावक संघको आयोजनामा कार्यक्रम गरिएको हो । सामावेशी तथा दिगो भविश्यको पुर्वाधार, अपाङ्गता भएका व्याक्तिहरुको प्रवल नेतृत्व यसको आधार’भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको संघका अध्यक्ष रामरतन हरिजनले जानकारी दिए ।
    कार्यक्रममा नगरपालिका प्रमुख धनपति यादवले अपाङ्गता हुदैमा कोही पनि कमजोर नहुने भन्दै यसको लागि सबैले आ आफ्नो स्थानबाट पहल गर्न जरुरीरहेको बताएका थिए । उनले अपाङ्गता भएका व्याक्तिहरुको उत्थानको लागि नगरपालिकाले लामो समय देखि काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए । नगरपालिका उप प्रमुख सम्झना चौधरीले कोही पनि अपाङ्गता हुँदै सामाजमा व्यवहार परिर्वतन गर्न नहुने भन्दै सबैलाई समान व्यवहार गर्न आग्रह गरेकी थिईन् । अपाङ्ग एवम अभिभावक संघको कार्यालय रामग्राम १२ मा भएको कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष लोक बहादुर थौधरी, रामग्रम नगरपालिका महिल तथा वालवालिका शाखा प्रमुख तारादेवी अर्याल, सरस्वती माविका नयानन्द चौधरी, शशस्त्रप्रहरी वल कमा सप्रनानी लोकनाथ पाण्डे, अमन प्रधान, दिपक कुमार गैरे, नारायण कर्मी, राम सिंह गुल्म लगायतका सहभागीता रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation