कान्ती माविमा विद्यार्थीको आँखा चेकजाँच तथा चस्मा वितरण शिविर

  • बुटवल ९ मंसिर ।
    लियो क्लव अफ बुटवलको आयोजनामा ६७ लियो वीक को अवसरमा कान्ती माध्यममिक विद्यालयमा निःशुल्क आँखा परिक्षण तथा चस्मा वितरण कार्यक्रम गरेको छ । ७ दिन सम्म चल्ने कार्यक्रम अनुसार चौथो दिन सोमबार शिविरलाई निरन्तरता दिएको छ । कार्यक्रम संयोजक रविना ज्ञवालीका अनुसार ६ हजार विद्यार्थीको आँखा परिक्षण गरिने लक्ष्य लिइएको छ । बुटवल लायन्स आँखा अस्पताल संगको सहकार्यमा जारी रहेको शिविरको शुभारम्भ कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ पीका भ्वाईस डिष्ट्रिक प्रीसीडेन्ट प्रविन पौडेल, विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली, लियो बुटवलका अध्यक्ष प्रतिक खनाल,लियो क्लव अफ बुटवलका पुर्व अध्यक्ष महेश खनाल लगायतको सहभागीता रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation