
बुटवल, मंसिर । बुटवल १० रामनगरमा रहेको बुटवल कालिका क्याम्पसले भोली मँगलबारदेखि आफ्नो ११ औं वार्षिकोत्सव विविधकार्यक्रम सहित साताव्यापी रुपमा मनाउने भएको छ । बुटवल उपमहानगरपालिका–१० रामनगरमा अवस्थि क्याम्पसले मँगलबार वृहत सरसफाई कार्यक्रमसहित सप्ताहको सुरुवात गर्ने क्याम्पस प्रमुख घनश्याम पाठकले जानकारी दिए ।
वार्षिकोत्सव बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाठकले स्थापनाको छोटो समयमैउत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरे ।
त्रिभुवन युनिभर्सिटीबाट मान्यता प्राप्त यस क्याम्पसमा हाल अध्यापनहुने बिसिए, बिबिए, बिएड, बिए र स्नातकोत्तर तह एमए आरडी तर्फ उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको उनलेबताए । निकट भविष्यमै गुणस्तर सुनिश्चिता प्रत्यायन प्राप्त गर्ने बताउँदै उनले त्यसका लागि अन्तिमपिआरटी भैसकेको जानकारी गराए ।२०७० सालमा स्थापना भएको यस क्याम्पसमा विभिन्न संकायतर्फ हाज ३ हजार ९३६ विद्यार्थी रहेका छन् ।सामुदायिक स्तरबाट सञ्चालित यस क्याम्पसले अघिल्लो शैक्षिक सत्रमा १ हजार २१५ विद्यार्थीलाई छात्रवृत्तिवितरण गरेको थियो ।क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले क्याम्पसमा डिजिटलप्रविधिलाई प्रोत्साहन गरिएको बताउँदै प्रविधि थप गर्ने योजनाहरु जारी रहेको उल्लेख गरे ।
क्याम्पसले मंसिर २४ गतेसम्म मनाउने सप्ताहव्यापी कार्यक्रम अन्तरगत अन्तर संकाय छात्रछात्रा भलिबल, रिले दौडप्रतियोगिता, कबड्डी प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, टेबल टेनिस प्रतियोगिता, नृत्य प्रतियोगिता, बेलुन फुक्नेप्रतियोगिता हाजिरी जबाफ प्रतियोगिता हुने छन् ।
यसैगरी शिक्षक कर्मचारी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता तथासामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत निःशुल्क आँखा र दन्त परीक्षण समेत आयोजना गरिने क्याम्पस प्राचार्यपाठकले जानकारी दिए । साताव्यापी कार्यक्रमको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले समुद्घाटन गर्नुकासाथै मूल समारोहलाई लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले सम्बोधन गर्ने कार्यक्रमरहेको उनले बताए ।