तिन स्थानमा घुम्ती शौचालय

  • मंसिर १६ बुटवल।

    बुटवल उपमहानरपालिकाले आइतबार देखि बुटवलमा ३ स्थानमा घुम्ती शौचालय ल्याएको छ । बुटवलको मुख्य बजार ट्राफिक चोक,राम मन्दिरलाईन र राजमार्ग चौराहमा शौचालय राखिने भएको हो ।
    आईतबार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानरपालिकाले व्यवस्थापन तथा सञ्चालनको लागि जिम्मा दिएको बुटवल सेनेटरी प्रालि का सञ्चालक यम बहादुर थापालाई बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेले सम्झौता तथा शौचालयको चाँपी हस्तानान्तरण गरेका हुन । सम्झौता आदान प्रदान तथा चाँपी हस्तानान्तरण कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले पहिलो चरणमा ३ वटा घुम्ती शौचालय स्थापना गरिएको र आगामी दिनमा अझ बढि विस्तार गरिने र पैदल यात्री यातायातको साधान प्रयोग गर्ने यात्रीहरुको लागि घुम्ती शौचालय प्रभावकारी हुने बताए ।
    महिला, पुरुष र अपाङ्गता भएका व्याक्तिहरुको लागि समेत छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको यो घुम्ती शौचालयको लागि एउटाको करिव ४० लाख
    लागत रहेको जानकारी दिए ।
    व्यवस्थापन तथा सञ्चालनको लागि जिम्मा पाएको बुटवल सेनेटरी प्रालिका सञ्चालक यम बहादुर थापाले सम्झौतामा उल्लेख गरिएको अनुसार पूर्ण पालना गरी घुम्ती शौचालय सञ्चालन गरिने प्रतिवद्धता जनाए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation