दिनेश पाण्डेलाई औद्योगिक पत्रकारिता पुरस्कार

  •  

    मंसिर १५ बुटवल
    रूपन्देही उद्योग संघको ४७ औं स्थापना दिवसको अवसरमा आज बुटवलमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र संघका अध्यक्ष दिलिप सापकोटाले दिनेश पाण्डेलाई उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेका हुन् ।
    नेपाल पत्रकार महासंघ रुपन्देही र रुपन्देही उद्योग संघको सहकार्यमा स्थापित औद्योगिक पत्रकारिता पुरस्कारबाट पत्रकार पाण्डे पुरस्कृत भएका हुन् । साढे २ दशक भन्दा लामो समयदेखि रुपन्देहीलाई कर्मथलो बनाइ पत्रकारितामा क्रियाशील रहेका दिनेश पाण्डे लुम्बिनी टेलिभिजन र समयचक्र डट कममा आबद्ध छन् । पुरस्कारको राशी ४७ हजार १ सय ५५ रुपैयाँ रहेको छ ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीसंगको सहकार्यमा संघले २०५७ सालमा यो पुरस्कार स्थापना गरेको थियो । पुरस्कृत हुने पत्रकार छनोटका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकार छवि पाण्डेको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको थियो ।

    पुरस्कृत भएपछि बोल्दै पाण्डेले औद्योगिक पत्रकारिता पुरस्कारले आर्थिक क्षेत्रमा कलम चलाउन थप उत्प्रेरणा प्राप्त भएको बताए । उनले रुपन्देही औद्योगिक नगरी भएको र यहाँको औद्योगिक विकासका लागि आफ्नो क्षेत्रबाट कलम चलाउने पनि बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation