रत्नम दानेदार मल बजारमा

  • बुटवल १३ मंसिर । किसानको समस्यालाई सम्बोधन हुने गरि रुपन्देहीमा अगार्निक मल उद्योग संचालनमा आएको छ । उद्योगी सिद्धार्थ अग्रवालले रोहिणी गाउंपालिकामा ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रा लि उद्योग बाट रत्नम दानेदार अग्रानिक मल उत्पादन गरेर बजारमा ल्याएका हुन ।
    ‘ अग्रवाले भने माटोको उर्वराशक्ति बढाउने नाइट्रोजन, फस्फोरस र पोटाशियम मुख्य तत्व मल अर्गानिक मल तयार गरेको बताए । करिव पाँच बिघा क्षेत्रफलमा उद्योग स्थापना गरि दैनिक २ सय मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट रहेको उनले अग्रवललेबताए । मलको बजार मुल्य ५० किलोको १५ सय रुपैयामा रेहेको छ । सरकारबाट बिक्रि बितरण अनुमति पाए पछि आफ्नै पालिकाबाट उद्योगले मल बितरण गरेको अग्रवालले बताए । ‘राम्रो रिजल्ट आयो त्यसपछि हामी ब्याबसायीक रुपमा अंगाडि बढ्यौ । देशमा मलको हांहाकार भएको बेलामा स्थानीय उद्योगले टेवा दिने गरि कृषि ज्ञान केन्द्रलाई सहयोग गरेको उनले बताए । आधिकारिक ल्याबमा परिक्षण पछिमात्र बजारमा पठाउने गरेको अग्रवालले बताए ।
    ग्रो मोर फर्लाइजर एन्ड केमिकल प्रा लिका निर्देशक पुनम अग्रवालले कोभिडको महामारीको समयमा मल अभाव हुदा गुणस्तरहिन मल प्रयोगबाट जमिनको उर्वराशक्ति कमजोर भएको बताईन । अब आफ्नै देशमा उत्पादित अगार्निक मललाई निरन्तरता दिन जरुरी रहेको बताईन । ‘हामीले अब गुणस्तरलाई ध्यान दिन जरुरी छ ।’— उनले भन्छिन्, । माटोको उर्वराशक्ति बढाउने ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिको रत्न मल गुणस्तरीय रहेको उनले दाबी गरिन । ‘हाम्रो आफ्नै एउटै ब्रान्ड छ र शत प्रतिशत अर्गानिक छ अग्रवालले भनिन ।
    नेपालसंगै भारतमा समेत निर्यात हुन थालेको छ । हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशमा मलको माग आईरहेको उनले बताईन । अग्रवाल भन्छन्, गण्डकी प्रदेशका किसानबाट मलको राम्रो प्रशंसा पाएको बताईन । यसका साथै छिमेकी देश भारतका किसानले पनि मल खरिद गरेर लगेको उनले बताईन ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation