
बुटवल १२ मंसिर । न्यु होराईजन मावि बुटवलको आयोजनामा ३१ औंं संस्करणको प्रदेशस्तरिय हाजिरीजवाफ प्रतियोगिता यहि मंसिर १४ गतेदेखि गर्ने भएको छ । प्रथम चरणको छनोट प्रतियोगिता मंसिर १४ गते दाङको लमही, पाल्पाको तानसेन र बुटवलमा एकै दिन हुने छन् । लमही केन्द्रमा दाङ्, रोल्पा, बाँके र बर्दियाका विद्यालय सहभागी हुने छन् ।
यस्तै पाल्पा केन्द्रमा पाल्पा, गुल्मी र अर्घाखाँचीका विद्यालय सहभागी हुने छन् भने बुटवल केन्द्रमा रूपन्देही, नवलपरासी र कपिलवस्तुका सय बढी विद्यालयको सहभागिता हुने विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले बताए । प्रत्येक केन्द्रमा हिट राउण्डबाट ६ वटा विद्यालय सेमी फाइलनमा प्रवेश गर्ने छन् । सेमी फाइलनलमा प्रत्येक केन्द्रमा प्रथम पुरस्कार ९ हजार, द्वितीय पुरस्कार ६ हजार, तृतीय पुरस्कार ४ हजार पांच सय र सिल्ड, ट्रफी र प्रमाण पत्र प्रदान गरिने प्राचार्य उपाध्यायले जानकारी दिए ।
फाइनल राउन्डको मिति पछि जानकारी गराइने छ । न्यू होराइजन मा।वि। बुटवल देवीनगरमा हुने फाइनलमा प्रत्येक केन्द्रबाट सेमी फाइनलमा प्रथम र द्वितीय गरी ६ विद्यालयले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले प्रथम पुरस्कार ४० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले २० हजार नगद तथा सिल्ड, ट्रफी र प्रमाण पत्र पाउने विद्यालयका प्राचार्य उपाध्यायले जानकारी दिए ।
यस्तै विभिन्न केन्द्रमा सम्पन्न कार्यक्रमबाट फाइनल चरणमा सहभागी विद्यार्थीलाई पनि आयोजक विद्यालयले यातायात खर्च उपलब्ध गराउने छ ।
कार्यक्रममा विधालयका ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजु, विधालयका कोषाध्यक्ष रामेश्वर श्रेष्ठ, उपप्राचार्यहरु बालकृष्ण भण्डारी, बासुदेव अर्याल, राजीव श्रेष्ठ, प्लस टु तर्फका विषयगत संयोजकहरु प्रकाश खनाल, प्रकाश पन्त, मनोज सिलवाल हाजिरीजवाफ संयोजक मुक्ति पौडेल,अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्याल लगायत बोलेका थिए ।