धरहरा सर्वसाधारणलागि खुल्ला

  • काठमाडौं, सरकारले सर्वसाधारणका लागि सःशुल्क रुपमा धरहरा खुला गरेसँगै मानिसहरुको भीड बढेको छ । परीक्षणका रुपमा निःशुल्क खुला गरिएको धरहरा आइतबारदेखि शुल्कसहित सञ्चालनमा आएपछि धरहरा चड्नेको भीड लागेको हो ।
    सरकारले नेपाली सर्वसाधारणलाई २००, सार्क राष्ट्रका पर्यटकलाई ५०० र सार्क बाहेकका विदेशी पर्यटकहरुलाई १ हजार शुल्कसहित धरहरा खोलेको हो । धरहरा चढ्दा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने ५० प्रतिशत छुट पाउने छन् । सरकारले धरहरा व्यवसायि रुपमा सञ्चालन गर्नु स्वागतयोग्य भए पनि चढ्न लाग्ने शुल्क बढी भएको अधिकांश सर्वसाधारणको गुनासो छ ।
    २०७२ सालको भूकम्पमा भत्केको धरहरा भन्दा पुनर्निर्माण गरिएको धरहरा अझ व्यवस्थित रहेको सर्वसाधारणको अनुभव छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation