ओमसतिया गाउँपालिकाले क्रिकेटर तृष्णा विश्वकर्मालाई सम्मान

  • बुटवल, ८ मंसिर । महिलातर्फको यु–१९ विश्वकपमा पुग्ने नेपाली टीमका सदस्य तृष्णा विश्वकर्मालाई गाउपालीकाले शुक्रबार एक कार्यक्रमाको आयोजना गरि सम्मान गरिएको छ । ओमसतिया गाउँपालिकाले दोसल्ला ओढाई, नगद ५१ हजार रुपैयाँ र सम्मान–पत्रसहित सम्मान गरेको छ ।
    युएईमा सम्पन्न विश्वकप छनौट खेलमा नेपाली महिला टीम छनौट हुँदा विश्वकर्मा सो टीममा सदस्य थिइन् । सम्मान कार्यक्रममा बुवाआमा सहित उपस्थित भएकी विश्वकर्मालाई गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, प्रशासन प्रमुख रूपा थापा लगायतले सम्मान गरेका हो ।
    सम्मान लिदै क्रिकेटर विश्वकर्माले आफूलाई थप उत्साह र हौसला प्राप्त भएको जनाउँदै विश्वकपमा नेपाली महिला टीमले राम्रो प्रदर्शन गर्ने बताइन् ।
    सम्मान गर्दै गाउँपालिका अध्यक्ष यादवले विश्वकर्माले क्रिकेटको माध्यमबाट गाउँपालिकाको नाम पनि चम्काएको बताउँदै विश्वकप क्रिकेटमा छनौट गराउन सफल आफ्नै पालीकाको चेलीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । अध्यक्ष यादवले खेलकुदलाई अघि बढाउन साथ सहयोग सदैव रहने भन्दै क्रिकेट खेल अघि बढाउन मद्दत गर्ने र खेलमा तृष्णालाई यो उचाइमा पुराउने बुवाआमालाई समेत बधाई दिए ।

    गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आफ्नै गाउँमा राष्ट्रियस्तरको क्रिकेट खेलाडी रहेको र अहिले उनलाई सम्मान गर्न पाउँदा हर्षित भएको बताइन् । उपाध्यक्ष चौधरीले तालिम र अवसर पाए महिलाहरूले पनि राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण तृष्णा भएको बताउँदै खेल क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको जानकारी दिइन।
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले क्रिकेटले गाउँपालिकालाई चिनाएको भन्दै खेल क्षेत्रलाई अघि बढाउन गाउँपालिका प्रतिबद्ध रहेको बताए । क्षेत्रीले सम्मानित खेलाडीको हौसलाकै लागि सानै रुपमा भए पनि सहयोग गरेको जनाउँदै भविष्यमा के कसरी सहयोग गर्न सकिन्छ तयार रहेको बताए ।
    सम्मान समारोहको प्रशासन प्रमुख रुपा थापा, योजना शाखा प्रमुख सरस्वती घिमिरे लगाएत बोलेका थिए । तृष्णा ओमसतिया गाउँपालिका वडा नम्बर १ स्थित नयाँगाउँकी स्थायी बासिन्दा हुन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation