
७ मंसिर २०८१
बुटवल , आन्तरिक राजस्व कार्यालय भैरहवाले मंसिर १ गतेदेखि कर सप्ताह शुरु गर्दै ७ गते शुक्रबार राष्ट्रिय कर दिवस मनाउँदै समापन गरेको छ । ‘कर प्रणालीको सार लगानीको आधार’ भन्ने नाराका साथ आन्तरिक राजस्व कार्यालय भैरहवाले यस वर्षको राष्ट्रिय कर दिवस मनाएको हो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवा प्रमुख कर अधिकृत प्रेमराज पोखलले सरकारले लिएको कर निति, राजस्व निति, कर प्रशासन र निजि क्षेत्रको त्री पक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउने बताए ।
पोखलले उद्योगी व्यवसायीहरुलाई कर तिर्नको लागि थप प्रेरीत गर्नकोलागि उत्कृष्ट करदाता भनेर पुरस्किृत गर्दै आएको साथै उनले कर कार्यलयमा लामो समयदेखी काम गर्दै आएका कर्मचारीहरुलाई उतकृष्ट कर्मचारीहरुको रुपमा हामीले सम्मान गछौ, जसले उनीहरुमा थप राम्रो काम गर्नको लागि प्रेरित गर्नेछ ।
यसैगरी कार्यक्रममा आ व २०७९–८० मा आयकर सबै भन्दा बढी दाखिला गर्ने कर दाता तिरुपति फुड प्रोसेसिङ इन्डस्ट्रिजका सचालक विजय कुमार जयसवाललाई सम्मान गरिएको थियो । साथै आन्तरिक राजस्व कार्यलयले कर अधिकृत धनिश्वर अर्याललाई उतकृष्ट कर्मचारीको रुपमा सम्मान गरेको हो ।
त्यतैसमापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला प्रशासन कायार्लय रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ‘राज्यको दायित्वहरु पुरा गर्ने साधन भनेकै सरकारी राजस्व प्रमुख रुपमा हो । सरकारी राजस्व सहि ढङ्गले उठयो भने त्यहि ढङ्गले परिचालन हुन्छ, अनी विकास र स्थिरता हासिल हुन्छ ’।
यदि सरकारी राज्स्व उठेन वा राज्स्व लक्ष्य उठेन भने राज्यको दायित्व, क्रियाकलापहरु खुम्चिदै जान्छ । त्यसैले राज्स्व प्रशासन तथा राज्स्व कार्यलय अत्यन्त महत्वपूर्ण छ उनले भने । जनताबाट जनतासम्म पुग्ने श्रोत राज्स्व हो । जनताबाट सरकारमा जान्छ अनि फेरी सरकारबाट जनतामा फर्किन्छ अर्थात हामीले तिरेको कर हामीमै फर्किएर आउछ भनेका थिए ।
कर सप्ताह अन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने सिद्धार्थ उद्योग वानिज्य संघका कृष्ण प्रसाद घिमिरे र अशो क्षेत्रीलाई नगद १५०००, ट्रफी, प्रमाणपत्र र मेडलले सम्मान गरिएको थियो । यसैगरी क्रमशः दाश्रोमा राजस्व अनुसन्धान कार्यलय बुटवलका पोहल सिंह राना र तेज कुमार वलीलाई नगद १००००, ट्रफी, प्रमाणपत्र र मेडल , तेश्रोमा आन्तरीक राजस्व कार्यलय भैरहवाका धनिश्वर अर्याल र विकल्प भट्टराई, र भैरहवा भन्सार कार्यलयका सन्तोष खड्का र ज्ञान बहादुर कुमाललाई नगद ५०००, ट्रफी, प्रमाणपत्र र मेडलर साथै राष्ट्रिय खेलकुद परिषदका पूर्व रेफ्री जिवन अधिकारीलाई पनि नगद ५०००, ट्रफी, प्रमाणपत्र र मेडलले सम्मान गरिएको थियो ।