मुक्तिनाथ लाइभस्टक र बिभिन्न सहकारीहरु बिच खरिद सुनिश्चितता सम्झौता

  • ६ मंसिर २०८१
    बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको पशु बधशाला सञ्चालनको जिम्मेवारी पाएको मुक्तिनाथ लाइभस्टक बैंक र कृषि बहुउद्देश्यीय सहकारी संस्थाहरू बिच खरिद सुनिश्चितता सम्बन्धी बिहिबार सम्झौतामा हस्ताक्षर भएको हो ।
    रामनगरस्थित पशु बधशालामा आयोजित एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका उच्च अधिकारीहरूको रोहवरमा खसीबोका खरिद सुनिश्चितता सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।
    कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी अनुगमन महाशाखा प्रमुख तथा सुचना अधिकारी तुल्सा अर्यालले उपभोक्ताहरूलाई स्वच्छ र गुणस्तरीय मासु खुवाउने उदेश्यले उपमहानगरसहित, प्रदेश सरकार, संघीय सरकारको लगानीमा बुटवलमा आधुनिक बधशाला निर्माण गरिएको भन्दै यसबाट बुटवलवासी मात्रै नभएर देशभरीका उपभोक्ता लाभान्वित हुने बताइन्
    २०७० सालदेखि विभिन्न चरणमा छलफल तथा विधि र प्रक्रिया पुरा गरी बुटवलमा आधुनिक बधशाला निर्माण भएको भन्दै उनले स्वच्छ मासु उपभोग गर्न पाउने अधिकार प्रति उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड दिइन् ।

    मुक्तिनाथ लाइभस्टक बैंकका अध्यक्ष उमेश कुमार आचार्यले अहिलेसम्म यस क्षेत्रका १० सहकारी संस्थाहरूसँग सम्झौता भैसकेको जनाउँदै केही सहकारीसँग सम्झौताको क्रममा रहेको बताए । बधशाला पुर्ण क्षमतामा सञ्चालन हुँदा वर्षििक २ अर्ब रूपैयाँ शहरबाट ग्रामीण क्षेत्रमा गई ग्रामीण जनताको जिवनस्तर माथि उठ्ने उनको भनाइ थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation