
बुटवल ६ बिहिवार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा विश्व बैंकका सिनियर ट्रान्सपोर्ट विज्ञ आमले राजापाक्षेको नेतृत्वमा रहेको प्रतिनिधि मण्डल संगको भेटको क्रममा मुख्यमन्त्री आचार्यले सडकको दुवै किनारको काम सकेर मात्रै कालोपत्रे उप्काएर काम अघि बढाउन निर्देशन दिएका छ्न । बुटवल नारायणघाट सडक विस्तार गर्दा जुन समस्या भोग्नुपर्यो त्यो समस्या यता भोग्नु नपरोस । काम गर्दा जनतालाई सास्ती होइन, सुविधा कसरी दिन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी छ’उनले भने,‘ आवागमनलाई कुनै बाधा नपुग्नेगरी सडक विस्तारको कामलाई गति बढाउने बारेमा धेरै विकल्प खोजेर काम गर्न जरुरी छ ।’
३४ अर्ब रुपैयाँ लगानीमा बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक बिस्तार हुँदैछ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको चन्द्रौटासम्मको ६९ किलोमिटर सडक क्षेत्र छ । उक्त २ लेनको सडक अब ४ लेनको बन्ने छ । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री जानकारी गराइएको छ ।
मुख्यमन्त्री आचार्यले समस्या भएका क्षेत्रहरुको पहिचान गरेर भू–क्षय नियन्त्रण देखी पर्यटन विकास संग जोडिएका क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे । जोखिम क्षेत्रहरुको पहिचान गरेर त्यस क्षेत्रको संरक्षण र विकास दुवै गर्नेगरी अघि बढ्नुपर्छ मुख्यमन्त्री आचार्यले भने । आवश्यकता पहिचान गरेर यसमा लगानी गर्दा झनै उपयुक्त हुन जाने बताए ।
सडक बिस्तारमा विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ । सडक निर्माणको भौतिक काम २०२४ नोभेम्बरमा सुरु भएर २०२६ नोभेम्बर सक्ने लक्ष्य छ ।