विद्मार्थीलाई न्यानो कपडा वितरण

  • बुटवल, मंसिर- जहाँ दुख्छ त्याहा लायन्स पुग्छ भन्ने भनाइलाई आत्मसात गर्दै जाडो मौसम सुरु हुँदै गर्दा लायन्स क्लब अफ बुटवल स्टार्स र पाल्पा माथागढी रुपन्देही सम्पर्क समाज को सयुक्त आयोजनामा शुक्रबार न्यानो कपडा बितरण गरेको हो । पुर्बि –पाल्पाको माथागढी गाउँपालिका वडा न ७ को एक भौगोलिक विकटताले पिल्सिएको र अवसरको खोजीमा रहेको दुर्गम गाउँमा महेन्द्र नरेश आधारभुत मा अध्यनरत ५० जना बिध्यार्थिलाई न्यानो कपडा बितरण गरिएको थियो ।

    सोही कार्यक्रमा बिधार्थिहरु ,अभिभावक र स्थानिय गरि करिब १६३ जनाको स्वास्थ्य परिक्षण ,दन्त चिकित्सकबाट मुख तथा दातको परिक्षण र औषधि बितरण गरेको स्टार्सका अध्यक्ष भुपेन्द्र अर्यालले जानकारी दिए । कार्यक्रमको माथगढी गाउपालीकाका अध्यक्ष यम बहादुर चिदी ,वडा न ७ का वडा अध्यक्ष जङ्ग बहादुर दर्लामी ,सम्पर्क समाजका सस्थपक अध्यक्ष इन्द्र प्रसाद भट्टराई ,सहसचिव उदयराज भट्टराईले आफुनो भनाए राखेका थिए । ९८ हजार बराबरको कपडा तथा औषधि बितरण गरिएको सयोजक तथा लायन्स स्टार्सका द्धितिय उपाध्यक्ष डि यश भट्टराईले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation