विश्वकपमा छनोट भएको नेपाली महिला टोलीलाई भव्य स्वागत

  • २९ कात्तिक,बुटवल । आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया छनोटको च्याम्पियन बन्दै पहिलो पटक यू १९ महिला टी २० विश्वकपमा छनोट भएको नेपाली महिला टोलीलाई बिहीबार भव्य स्वागत गरिएको छ ।
    दुबईमा भएको एसिया छनोटको अन्तिम खेलमा बुधबार घरेलु टोली युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल शीर्ष स्थानमा रहेर अर्को वर्ष जनवरी,फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा छनोट भएको हो ।
    चार टोली सहभागि छनोटमा नेपाल र युएईले समान ५ जितबाट १० अंक जोडेपनि नेटरनरेटमा नेपालले युएईलाई पछि पार्‍यो ।
    यसअघि युएई र थाइल्याण्ड भन्दा पछि रहेपछि छनोट हुन असफल रहेको युवा महिला टोलीले यस पटक भने विश्वकप पुगेर नेपाली क्रिकेटमा इतिहास रचेको हो । महिला क्रिकेटमा नेपालको कुनै पनि टोली विश्वकपमा छनोट भएको यो पहिलो पटक हो ।
    एसिया छनोट जितेपछि नेपाल आगामी डिसेम्बरमा मलेसियामै हुने एसीसी यू(१९ महिला एसिया कपका लागि समेत छनोट भएको छ । जहाँ नेपालले समूह चरणमै भारत र पाकिस्तानसँग खेल्नुपर्नेछ ।
    यू १९ टी२० विश्वकपमा नेपाल समूह डी मा छ । जहाँ नेपालले अष्ट्रेलिया र बंगलादेशसहित युरोप छनोटको विजेता हुँदै छानिएको स्कटल्याण्डसँग खेल्नेछ ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation