आज पनि घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको भाउ ओरालो लागेको छ । स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ ।

    यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैंयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार ९५५ मा कारोबार भएको चाँदी आज एक हजार९२५ मा खरिदबिक्री भइरहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation