हुम्ला,२९ पुस । हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय अत्यधिक जाडोका कारण तीन महिनाका लागि बन्द गरिएको छ। चीनको ताक्लाकोटबाट व्यापारी र सामग्रीको आयात रोकिएर कारोबार शून्य भएपछि भन्सार कार्यालय बन्द गर्ने निर्णय भएको हो।पुसको दोस्रो हप्तादेखि नै कामकाज ठप्प भएपछि त्यहाँ कार्यरत कर्मचारीहरू...







































































