काठमाडौं ,२४ वैशाख । सरकारी लगानी भएका सबै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।
सरकारको सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई बर्खास्त गरेपछि बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् ।अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंक अध्यक्ष सहित सबै सञ्चालकले राजीनामा दिएका हुन् । त्यसैगरी कृषि विकास बैंकको अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकको अध्यक्ष प्रा. डा. डिल्लीराज शर्मा मात्र राजीनामा दिएका छन् । सरकारले सार्वजनिक पदमा राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्न ल्याएको अध्यादेशले नेपाल राष्ट्र बैंक तथा सरकारी बैंकहरूको हकमा बाध्यकारी गरेको थिएन ।











