बुटवल १७ वैशाख । रुपन्देही व्यापार संघको आयोजनामा व्यावसायीहरुस“ग सम्बन्धित विभिन्न विषयमा केन्द्रित भएर वृहत अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार संघको सचिवालयमा फरक फरक व्यावसाय संचालन गरेका सयौं व्यावसायीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित व्यावसायीहरुले राजस्व, भन्सार, बैंक तथा वित्तिय क्षेत्र एवं सरकारले पछिल्लो समय ल्याएको ःच्ए सम्बन्धि नीतिका विषयमा जिज्ञासाहरु राखेतापनि प्रमुख विषय भने ःच्ए मा नै केन्द्रित रहेको थियो । कार्यक्रममा सहभागीले विदेशबाट पैठारी गरी नेपालमा विक्री वितरण गरिने सम्पूर्ण वस्तुहरुको पैठारीकर्ताले अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य (ःबहष्mगm च्भबतष् िएचष्अभ(ःच्ए) उल्लेख गर्नुपर्ने विषय तत्कालै कार्यान्वयन गर्नका लागि पूर्णतया अव्यवहारिक रहेको कुरामा जोड दिएका थिए । यस्ता विषयले औद्योगिक वस्तु (जस्तै कच्चा पदार्थ, मेशिनरी, औजार) तथा पेटिसेवल वस्तु (जस्तै फलफूल, तरकारी) यो कसरी सम्भव छ भनी प्रश्न गरेका थिए । उनीहरुले स्टक रहेको सामान, पसलसम्म आइपर्ने लागत तथा फरक फरक प्रकृृतिका वस्तुमा यो लागु गर्न असम्भव रहेकोले सरकारले व्यावसायीहरुलाई जवरर्जस्त कार्यान्वयनका लागि आतकिंत बनाउन नहुने धारणा राखेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले मुलुकको अर्थतन्त्रको विकासमा व्यावसायीहरुको ठूलो भूमिका रहेको उल्लेख गर्दै राज्यले नया“ नया“ नीतिहरु ल्याउदा व्यावसायीलाई सहज हुने गरी बनाउनुपर्नेमा जोड दिएका थिए । यस्तै कार्यक्रमका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंकप्रसाद पोखरेलले राज्यले आर्थिक वर्षमा ल्याउने नीति तथा कार्यक्रम बजेट तथा आर्थिक ऐन समेत बनाउने हु“दा व्यावसायीहरुलाई सहज रुपमा कार्यान्वयन गर्ने गरी यस्ता विषयलाई व्यावहारिक रुपमा बनाउनुपर्ने बताएका थिए । राज्यको अर्थतन्त्रलाई सवल र सक्षम बनाउनका लागि निजी क्षेत्रको ठूलो भूमिका रहने उल्लेख गर्दै पोखरेलले सरकारले निजी क्षेत्रस“ग हरेक कुरामा समन्वय र सहजीकरण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक रमेश आचार्य, भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुन्धान अधिकृत राधेश्याम दाहाल, आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत हरि बस्याल, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोखरेल, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाकी कार्यालय प्रमुख धर्मा अर्याल बेल्वासे, ईलाका प्रशासन कार्यालय बुटवलका कार्यालय प्रमुख श्रीनाथ पौडेल, घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका वरिष्ठ उद्योग अधिकृत मोहन परियार, आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत फर्शुराम पोखरेल, नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु पन्थी तथा संघका आर्थिक सल्लाहकार एवं अडिटर नारायण घिमिरेले उठेका विषयवस्तुहरुमाथि सहजीकरण गरेका थिए । कार्यक्रम संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीको धन्यवाद एवं महासचिव प्रकाशराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।











