जिउँदो व्यक्तिको मृत्यु दर्ता, सुस्ता गाउँपालिका–५ का वडाध्यक्षसहित चार जना पक्राउ

  • परासी,१५ वैशाख । जिउँदो व्यक्तिलाई मृत देखाएर मृत्यु दर्ता गराएको आरोपमा वडाध्यक्षसहित चारजना पक्राउ परेका छन् ।
    सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले बताए । घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि खोजी कार्य तीव्र पारिएको पन्तले बताए । यसअघि झुटा विवरण पेस गरी मृत्यु दर्ता गराउने मुख्य आरोपित सुस्ता गाउँका ३१ वर्षीय तारिख मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।अनुसन्धानका क्रममा अन्सारीले आफ्नै पिताको मृत्यु भएको भन्दै वडा नम्बर ५ का अर्कै ६६ वर्षीय आफन्तको गतवर्ष मृत्यु दर्ता गराएको खुलेको डीएसपी पन्तले बताए । तर, अन्सारीका पिताको मृत्यु भने २०६० सालमै भइसकेको तथ्य भेटिएको छ ।मृत्य दर्ताको मुचुल्कामा साक्षी बस्ने वर्ष ५५ का छोटे खाँ पनि पक्राउ परेका छन् । साक्षीमा हस्ताक्षर गर्ने बाँकी ७ जना फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण ऐ न, २०७६ को परिच्छे द ६ को ४१ (ग) र (च) बमो जिम झट्टा विवरण पे श गरी मृत्युु दर्ता प्रमाण पत्र बनाएको कसुरमा पक्राउ परेको रअदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation