थापाथलीस्थित सुकुमबासी बस्तीमा यसरी चलिरहे छ

  • काठमाडौँ,१२ बैशाख । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलेको छ । बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर चलाइएको हो । बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । बस्तीमा रहेका मान्छेलाई बाहिर निकाल्न प्रहरीले सघाइरहेका छन् । सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले बाक्लो सङ्ख्या नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी तैनाथ छन् । स्थिति शान्तिपूर्ण छ ।काठमाडौँ महानगर प्रहरी बलका अनुसार थापाथलीमा डोजर चलाएर सकिएपछि आजै गैरीगाउँबाट सुकुमबासी बस्ती हटाइँदै छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation