काठमाडौं,११ वैशाख । राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो । सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो । विक्रम पाण्डेविरुद्ध २०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको अख्तियारले मुद्दा दायर गरेको थियो ।











