रास्वपाको सचिवालय बैठक आज

  • काठमाडौँ,६ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी सचिवालयको बैठक बस्दै छ ।
    बैठकमा पार्टीको संगठनात्मक तथा संरचनागत विषयमा केन्द्रित विभिन्न एजेण्डामाथि छलफल हुने बताइएको छ । प्रस्तावित कार्यसूचीअनुसार, जिल्ला अधिवेशन कार्यविधि–२०८३, बैंक खाता सञ्चालन सम्बन्धी विषय, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनलगायतका विषय समेटिएका छन् । महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा निर्णय हुने छ। त्यस्तै, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि बैंक खाता सञ्चालन सम्बन्धमा पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ। पार्टीको ेनिर्णय लिनेछ। रास्वपाले यसपटक नयाँ प्रयोग गर्दै विज्ञहरूको आह्वानु र योजनाहरूको आह्वानुलाई पनि बैठकको मुख्य एजेन्डा बनाएको छ। यसका साथै विविधअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी र संसदीय दलका लागि आवश्यक प्राविधिक सहायता एवं लेवीका विषयमा पनि विस्तृत छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation